काठमाडाैँ । ललितपुर महानगरपालिका वडा २० का एरिश शाक्यले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा स्वर्ण जितेका छन्।
ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा पाटनको गःछेंमा भइरहेको प्रतियोगिताको फाइनलमा एरिशले वडा १६ का रिजन शाक्यलाई ११–७, ८–११, ११–७ र ११–९ को सेटमा पराजित गरे। वडा ९ का सोयम महर्जन र वडा २० का शंकर श्रेष्ठ तेश्रो भए।


