टेनिस टोली श्रीलंका जाने


काठमाडाैँ । आईटीएफ एसिया यु–१४ डेभ्लोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंको कोलम्बो जाने भएको छ।

जनवरी १३ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन्। पुरुषमा विश्वविशेष डल्लाकोटी र साङ्गे रोकाया तथा महिलामा शिभाली गुरुङ र साल्भी शेरचनले खेल्ने छन्।

प्रशिक्षकमा छेवाङ लामा छन्। टोलीलाई नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा र सदस्य अजय विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको