आयोजक केएमसीको विजयी सुरुआत


काठमाडौँ । आयोजक केएमसी स्कुलले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ।

पहिलो दिन केएमसीले ३ खेल खेलेकोमा २ मा जित हात पा¥यो। सिनियर गल्र्समा केएमसी ‘ए’ ले क्यान्भासलाई १७–१२ ले पराजित ग¥यो। विजयी टिमका लागि आकृशा घिमिरेले ११ अंक जोडिन्।

सिनियर ब्वाइजमा केएमसी ‘ए’ ले केयर इङलिसलाई ३७–२६ ले हरायो। विजेताका स्वीकार श्रेष्ठले २२ स्कारे गरे। केयर विरुद्धको सिनियर गल्र्सको खेलमा भने केएमसी ‘बी’ २२–१० ले चुक्यो । केयरकी केलिशा दाहालले ११ स्कोर गरिन्।

जुनियर ब्वाइजमा नेरिक एकेडेमीले नेपाल सेन्ट्रललाई १७–१० तथा केयरले जनप्रेमीलाई १७–१२ ले पाखा लगाए। नेरिकका सविन खत्रीले ११ तथा केयरका सनय श्रेष्ठले १२ स्कोर गरे।

सिनियर ब्वाइजमा विल्सन एकेडेमीले इनोभेटिभलाई ६०–२५, क्यान्भासले एभरेष्टलाई ३६–२५ र एन्जल लर्डले बाल दिक्षा सदनलाई २०–१५ ले पराजित गरे। विल्सनका रेहान डंगोलले २४, क्यान्भासका सुवास तामाङले १५ र एन्जल लर्डका मनीष पोखरेलले ६ अंक जोडे।

प्रतियोगिताको केएमसीका प्रिन्सिपल द्वारारिकानाथ अम्गाईंले एक कार्यक्रमबीच उद्घाटन गरे। सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा ८ र जुनियर ब्वाइजमा १२ टिम सहभागी छन्। प्रतियोगिता माघ ६ गते सम्पन्न हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको