काठमाडाैँ । इनोभेटिभ इङलिस स्कुलको आयोजनामा १०औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ।
प्रतियोगितामा विभिन्न ३ विधामा १८ विद्यालयका ३२ टिमको सहभागिता रहने इनोभेटिभका प्रिन्सिपल विजय थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर ब्वाइजमा १४, सिनियर गल्र्समा ८ र जुनियर ब्वाइजमा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन्।
गत संस्करणको सिनियर ब्वाइजमा ज्ञान निकेतन र सिनियर गल्र्समा भ्याली पब्लिकले उपाधि जितेका थिए। इनोभेटिभका बास्केटबल प्रशिक्षक आशिष बस्नेतले गत संस्करणमा जुनियर ब्वाइजको स्पर्धा थिएन।
पछिल्लो संस्करण २०७६ सालमा भएको थियो। कोभिडलगायत विविध कारणले प्रतियोगिता हुन नसकेको प्रिन्सिपल थापाले बताए। प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ। फाइनल माघ २० गते हुनेछ।


