सहारा क्लबलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा


काठमाडौं । आयोजक सहारा क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रेवेश गरेको छ।

पोखरा रंगशालामा मंगलबार सम्पन्न उद्घाटन खेलमा पुलिसले सहारालाई १–० को जित हासिल गरेको हो।

पुलिसको जितमा उज्वल राईले गरेको एकमात्रै गोल नै पर्याप्त बन्यो। उनले खेलको ३६औं मिनेटमा गोल गरेका थिए।

अब पुलिसले सेमिफाइनल प्रवेशका लागि ब्रिगेड ब्वाइज क्लब युकेसँग माघ २६ मा प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा बुधबार एपिएफ र मछिन्द्र फुटबल क्लब आमने सामने हुनेछन्।

एन्फा यु १६ लिग : एपिएफले पुलिसलाई हरायो, फ्रेन्ड्स र थ्री स्टारले अंक बाँडे


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको