काठमाडौं, माघ २८ गते । रेडियन्ट पब्लिक र ह्वाइटफिल्ड ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
रेडियन्टले निःसर्ग वाटिकालाई ५४–३७ ले पराजित ग¥यो। रेडियन्टको जितमा रविन्द्र खत्रीले २६ अंक योगदान गरे। नेहाल अन्सारीको १४ अंक सहयोगमा ह्वाइटफिल्डले रेडियन्ट रिडर्सलाई २७–२१ ले हरायो।
सिनियर ब्वाइजमै भ्याली भ्युले पिपुल्स एकेडेमीलाई ३३–१९ तथा एलआरआईले स्वर्णिमलाई ४०–३९ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। भ्याली भ्युका गणेशबहादुर विष्टले १६ तथा एलआरआईका ¥युची श्रेष्ठले २५ स्कोर गरे।
सिनियर ब्वाइजमा क्वाटरफाइनल समीकरण पूरा भएको छ। क्वाटरफाइनल आयोजक एक्सेल्सियर र होली भिजन, एलआरआई र निःसर्ग वाटिका, भ्याली भ्यु र ह्वाइटफिल्ड तथा रेडियन्ट पब्लिक र स्वर्णिमबीच हुनेछ।
सिनियर गल्र्समा रिब्सले द चाँदबागमाथि ३०–६ को सहज जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो। रिब्सकी सुप्रिया मल्लले ११ स्कोर गरिन्। सिनियर गल्र्समा पनि क्वाटरफाइनल समीकरण तयार भएको छ। क्वाटरफाइनलमा रेडियन्ट पब्लिकले ल्यान्डमार्क एकेडेमी, रिब्सले एलआरआई, स्वर्णिमले ग्यालेक्सी र एक्सेल्सियरले चाँदबाग विरुद्ध प्रतिस्पर्धा गर्ने छन्।
एक्सेल्सियर क्वाटरफाइनलमा
एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा एक्सेल्सियरले एलआरआईलाई ४–१ गोलले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ। एक्सेल्सियरका लागि सम्भव चारै गोल ओजस पाठकले गरे।
यु–११ मै चाँदबागले न्यु जेनिथलाई १–० गोलले हराउदै क्वाटरफाइनलमा पुग्यो। अनुभव अर्यालले निर्णायक गोल गरे। यु–९ मा राई स्कुल दोहोरो जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । पहिलो खेलमा राई स्कुलले संस्कृतिलाई २–० गोलले पाखा लगायो। अरुस भण्डारी र आभास रेग्मीले समान १–१ गोल गरे। अर्को खेलमा रिहान श्रेष्ठको निर्णायक गोलमा राई स्कुलले आयोजक एक्सेल्सियरलाई १–० गोलले पाखा लगायो।
यु–१६ मा एक्सेल्सियर ले रेडियन्ट पब्लिकलाई ३–२ गोलले पन्छ्याउदै समूह ‘सी’ को विजेताका रुपमा क्वाटरफाइनलमा पुग्यो। एक्सेल्सियरका अनिशा रोका र सर्जक अर्यालले समान १–१ गोल गरे भने एक गोल आत्माघाती थियो। रेडियन्टका सुर्भिस खड्का र विजेश गौतमले समान १–१ गोल फर्काए। रेडियन्ट पनि समूह उपविजेताका रुपमा क्वाटरफाइनलमा प्रवेश ग¥यो।


