काठमाडाैँ । आयोजक हेराल्ड कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बसुन्धरास्थित घरेलु कोर्टमा हेराल्डले न्युटनलाई ५२–४६ ले पराजित ग¥यो। हेराल्डका राज गुरुङले १३ अंक जोडे। जेभियर इन्टरनेसनल, एन्जल्स हार्ट र लालीगुराँस नेसनल एकेडेमी पनि क्वाटरफाइनलमा पुगे। जेभियरले ब्रिटिस गुर्खालाई ५२–४३ ले हरायो। जेभियरका रिहदुस केसीले १२ स्कोर गरे।
एन्जल्स हार्टले युनिग्लोबमाथि ३०–२७ को कठिन जित दर्ता ग¥यो। लालीगुराँसले फ्लोरोसेन्टलाई ४३–३२ ले पाखा लगायो। लालीगुराँसका सान भण्डारीले १० अंक जोडे।
यससंगै समूह चरणका सम्पूर्ण खेल सम्पन्न भएको छ। क्वाटरफाइनल हेराल्ड र साउथ वेस्टर्न, लालीगुराँस र ग्रिनफिल्ड, जेभियर र एन्जल्स हार्ट तथा मनास्लु र गोल्डेनगेटबीच हुनेछ।


