हिमालीको विजयी सुरुआत


काठमाडाैँ । आयोजक हिमाली बोर्डिङ स्कुलले प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्स दुवैमा शुक्रबार विजयी सुरुआत गरेको छ।

पिङलास्थानस्थित घरेलु कोर्टमा भएको सिनियर गल्र्सको खेलमा हिमालीले विल्सन एकेडेमीलाई २३–१० ले पराजित ग¥यो। हिमालीकी राधा बोहराले १६ अंक जोडिन्। सिनियर ब्वाइजमा हिमालीले चैतन्यलाई ३१–२३ ले हरायो। हिमालीका सुदिप यादवले २३ स्कोर गरे।

सिनिय गल्र्सको अर्को खेलमा ग्रिन लन्सले एजीएमलाई ८–४ ले हरायो। ग्रिनलन्सकी सोनी घलेले ४ स्कोर गरिन्। सिनियर ब्वाइजमा क्यान्भासले अनुपमलाई ५१–३५, एक्मीले केयर इङलिसलाई ४८–२०, काठमाडौं जेभियर पब्लिकले ग्रिन लन्सलाई २८–१६ र विल्सनले फ्लोरिडालाई ४७–३८ ले हराए। जुनियर ब्वाइजमा ग्रिन लन्सले क्यान्भासलाई १०–९ ले पाखा लगायो।

प्रतियोगिताको काठमाडौं एनप्याब्सनका पूर्व उपाध्यक्ष श्याम योञ्जन र हिमालीका प्रिन्सिपल नेत्रप्रसाद उपाध्यायले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे। सिनियर ब्वाइजमा १४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १०–१० टिम सहभागी छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको