काठमाडाैँ । आयोजक हिमाली बोर्डिङ स्कुल र रिलायन्स रेसिडेन्सियल प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन्।
पिङलास्थानस्थित घरेलु कोर्टमा हिमाली ग्रिन लन्सलाई १९–१३ ले पराजित ग¥यो। हिमालीकी जस्तिना लामाले ९ अंक जोडिन्। रिलायन्सले क्यान्भासलाई ३८–११ ले हरायो। रिलायन्सकी एलिसा तामाङले २० स्कोर गरिन्।
सिनियर ब्वाइजमा ज्ञान निकेतनले हेम्सलाई ६०–४० तथा विल्सन एकेडेमीले हिमालीलाई ७४–६० ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे। ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले ३० तथा विल्सनलका रेहान डंगोलले ३२ अंक जोडे।
जुनियर ब्वाइजमा सम्भावीले हिमालीलाई ३४–२० तथा ग्रिन लन्सले सनसाइनलाई ३६–२७ ले पन्छ्याउँदै फाइनलमा स्थान सुरक्षित गरे। फाइनल बुधबार हुनेछ।


