ज्ञान निकेतन, रिलायन्स र ग्रिन लन्सलाई उपाधि


काठमाडाैँ । ज्ञान निकेतन, रिलायन्स रेसिडेन्सियल र ग्रिन लन्सले प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन्। ज्ञान निकेतन सिनियर ब्वाइज, रिलायन्स सिनियर गल्र्स र ग्रिन लन्स जुनियर ब्वाइजमा च्याम्पियन बने।

पिङलास्थानस्थित आयोजक हिमाली बोर्डिङ स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा ज्ञान निकेतनले विल्सन एकेडेमीलाई ७२–६१ ले पराजित ग¥यो। ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले २१ अंक जोडे।

सिनियर गल्र्सको उपाधि भिडन्तमा रिलायन्सले हिमालीलाई ४४–३५ ले हरायो। रिलायन्सकी एलिशा तामाङले १६ स्कोर गरिन्। जुनियर ब्वाइजको फाइनलमा ग्रिन लन्सले सम्भावीमाथि ४०–२५ को जित दर्ता ग¥यो । ग्रिन लन्सका देव देउलाले २२ अंक बटुले।

सिनियर ब्वाइजमा ज्ञान निकेतनका दिप्सन अधिकारी, सिनियर गल्र्समा रिलायन्सकी एलिशा र जुनियर ब्वाइजमा ग्रिन लन्सका देव ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। सिनियर ब्वाइजमा केयर इङलिस, सिनियर गल्र्समा क्यान्भास र जुनियर ब्वाइजमा इस्टपोल अनुशासित टिम बने।

विजेतालाई संघीय सांसद कान्तिका सेजुवाल, हिमालीका प्रिन्सिपल नेत्रप्रसाद उपाध्याय, हिमालीका चेयरम्यान जगदीश्वर बराल र को–ओर्डिनेटर कल्पना बोहरा, हेम्सका प्रिन्सिपल एसके गौतमलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। सिनियर ब्वाइजमा १४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिम सहभागी थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको