निस्ट कप अर्को साता


काठमाडाैँ । निस्ट स्कुलको आयोजनामा तेश्रो निस्ट कप फागुन १३ गतेदेखि हुने भएको छ। निस्ट कपमा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने निस्टका प्रिन्सिपल दिलिप रानाले पत्रकार सम्मेलनमा जानकारी गराए।

बास्केटबलको ३ विधामा ३९ टिम सहभागी हुने छन्। सिनियर ब्वाइजमा १४, सिनियर गल्र्समा ९ र जुनियर गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन्। सिनियर ब्वाइजमा सेन्ट जेभियर्स र सिनियर गलर्समा बौद्ध इन्टरनेसनल स्कुल डिफेन्डिङ च्याम्पियन हुन् । जुनियर गल्र्सको विधा पहिलोपटक समावेश गरिएको हो।

फुटबलमा २४ छात्र टिमले लिग कम नकआउट आधारमा खेल्ने छन्। गत संस्करणको उपाधि ब्रम्हकुञ्जले जितेको थियो। फागुन २४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लोकन्थलीस्थित आयोजकको हातामा हुनेछ।

प्रतियोगितामा यसपटकदेखि क्लाइमेट च्याम्पियनको उपाधि पनि प्रदान गरिने छ। क्लाइमेट च्याम्पियन बारे प्रकाश पार्दै प्रिन्सिपल रानाले भने– ‘ग्लोबल वार्मिङ बारे जागरुकता जगाउन हामीले नयाँ प्रयोगका रुपमा पहिलोपटक यो विधा समावेश गरेका हौं। वातारणलाई प्रदूषित बनाउने प्लास्टिक प्रयोग नगर्ने, इन्धनबाट चल्ने सवारी साधनको सट्टा विद्युतिय सवारी साधन÷साइकलको प्रयोग गर्ने वा छोटो दूरीको यात्रामा पैदल यात्रा गर्ने, आफूले लगाएको पोशाकमा वातावरण जोगाउने सन्देशमूलक नारा लेख्नेलगायत कुरालाई ध्यान दिएर विजेताको चयन गर्ने छौं।’


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको