हाइली क्रिएटिभ र गोल्डेन सुन्गाभा क्वाटरफाइनलमा

काठमाडाैँ । हाइली क्रिएटिभ र गोल्डेन सुन्गाभा तेश्रो निस्ट कपअन्तर्गत जुनियर ब्वाइज फुटबलमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

लोकन्थलीस्थित आयोजक भक्तपुर निस्ट स्कुलमा भइरहेको प्रतियोगितामा हाइली क्रिएटिभले विद्यावाणी पाठशालालाई २–० तथा गोल्डेन सुन्गाभाले त्रियोगलाई ४–१ गोलले पराजित गरे। मल्पी इन्टरनेसनल स्कुलले एभरेष्ट पब्लिकलाई ७–२ तथा श्री सञ्जय साइ विद्या मन्दिरले गेटवे एकेडेमीलाई टाइब्रेकरमा २–१ गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

यससंगै क्वाटरफाइनल समीकरण तयार भएको छ। क्वाटरफाइनलमा मल्पीले श्री सञ्जय साइ, गोल्डेन सुन्गाभाले वेदाङ्ग, आर्या एकेडेमीले हाइली क्रिएटिभ तथा नेक्सस इन्टरनेसनल एकेडेमीले निस्टको सामना गर्ने छन्।

बास्केटबलको सिनियर ब्वाइजमा क्वाटरफाइनल समीकरण पूरा भएको छ। जनप्रेमी वल्र्ड स्कुलले निस्ट, राजश्री गुरुकुलले एभरेष्ट, टीआईएले गेटवे र बौद्ध इन्टरनेसनल स्कुलले तपोभूमि विरुद्ध खेल्ने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको