निस्ट कप बास्केटबल : सेमीफाइनल समीकरण पूरा

काठमाडाैँ । तेस्राे निस्ट कपअन्तर्गत बास्केटबलको तीनै विधामा सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ।

सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर गल्र्समा सेमिफाइनल समीकरण तयार भएको हो।

सिनियर ब्वाइजको सेमिफाइनल राजश्री गुरुकुल र बौद्ध इन्टरनेसनल स्कुल तथा टीआईए र निस्टबीच हुनेछ। सिनियर गल्र्सको सेमिफाइनलमा दीक्षालयले चेल्सी वल्र्ड स्कुल तथा त्रियोगले निस्ट विरुद्ध खेल्ने छन्। जुनियर गल्र्सको सेमिफाइनलमा जनप्रेमी वल्र्ड स्कुलले आर्या एकेडेमी तथा निस्टले चेल्सीको सामना गर्ने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको