टस जितेर न्युजिल्यान्डले भारत विरूद्व ब्याटिङ गर्ने

काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफीको आज उपाधिका लागि टस जितेर न्युजिल्यान्डले भारत विरूद्व ब्याटिङ गर्ने निर्णय गरेकाे छ।

भारत र न्युजिल्यान्डको फाइनल खेल यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनल भेट पक्का गरेका हुन्।

पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई चार विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो।

त्यसैगरी दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले अफ्रिकालाई ५० रनले हराउँदै फाइनल पुगेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको