काठमाडौं । युगान्डामा जारी वुमन्स डे कपमा नेपालले आज नामिबियाविरुद्ध खेल्दै छ।
अहिले हुनलागेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
यसअघिका खेलमा नेपाल हङकङसँग २ रनले पराजित भएको थियो भने युगान्डाविरुद्ध १ विकेटले विजयी भएको थियो।
यस प्रतियोगितामा नेपाल, नामिबिया, हङकङ र युगान्डाले प्रतिस्पर्धा गरिरहेका छन्।
तपाईको प्रतिक्रिया !!!