काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २६७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।
भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस जितेको बागतीले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६६ रन बनाएको हो।
ओपनर आशुतोष घिरौया र तेस्रो क्रमका ब्याटर शुभ कन्साकरले अर्धशतकीय पारीले खेलेका हुन्। बागमतीका लागि शुभ कन्साकरले सर्वाधिक ७७ रन बनाए। उनले ६८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। ओपनर आशुतोष घिरौयाले १०१ बलमा ५ चौकासहित ५८ रन बनाए।
इशान पाण्डेले ३६ रन, कप्तान पृथु बास्कोटाले १५ रन बनाउँदा विवेक मगरले १० र प्रतिश जिशीले १५ रन बनाए। सुमन सुनार १२ र सुर्य तामाङ २ रनमा अविजित रहे।
सुदूरपश्चिमका लागि हेमन्त धामी, शेर मल्ल र सौर्य श्रेष्ठले समान २–२ विकेट लिए। नारायण जोशी र राहुल भण्डारी १–१ विकेट लिए।