मिलरको विस्फोटक इनिङ्सका बाबजुद कर्णाली पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ।

शुक्रबार भएको खेलमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।

कर्णालीका लागि दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले अविजित ९३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ५५ बलमा ५ चौका र ७ छक्का प्रहार गरे। एनपीएलमा पहिलो खेल खेलिरहेका मिलरले डेब्यु खेलमै प्रभावशाली प्रदर्शन गरे।

कर्णालीका दीपक डुम्रेले १८ तथा सोमपाल कामीले ८ रन बनाए। सुदूरपश्चिमका स्कट कुगेलाइनले २ विकेट लिए। मार्क वाट, हेमन्त धामी, अनिल खरेल, दीपेन्द्रसिंह ऐरी, थारिन्दु रत्नायके र अविनाश बोहराले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि साइफ जैबले सर्वाधिक ३५, विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४ तथा इशान पाण्डेले २३ रन बनाए। थारिन्दु रत्नायके २२ र स्कट कुगेलाइन १३ रनमा अविजित रहे।

कर्णालीका मार्क वाटले २ विकेट लिए। नन्दन यादव र हुसेन तलातले समान १ विकेट लिए। जितसँगै सुदूर ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको