काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगिता अन्तर्गत आफ्नाे चाैथाे खेलमा विभागीय टाेली त्रिभुवन आर्मी क्लबलाई कोशी प्रदेशले २३१ रनको लक्ष्य दिएको छ।
भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको कोशी प्रदेशले ४९.३ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो।
उसका लागि शुभन गहतराजले ५१ रनको अर्शतकीय पारी खेल्दा सोनु अन्सारी ४४, सुजन थपलिया ४२, सन्दीप ढुंगाना २१, फिर्दोष अन्सारी १६ र चिराग शाहले १४ रन जोडे।
आर्मीका सोमपाल कामीले चार विकेट लिँदा साहब आलम र आकाश चन्दले समान दुई–दुई विकेट लिए। सात खेलाडीले बलिङ गरेकोमा २१ रन अतिरिक्त दिएका थिए।
आर्मी लगातार चाैथाे जितकाे खाेजिमा छ भने काेशी पहिलाे जितकाे लक्ष्यमा छ।