काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ।
शनिबार सम्पन्न खेलमा आर्मीले कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको हो।
कोशीले दिएको २३१ रनको लक्ष्य पछ्याएको आर्मीले ४७.१ ओभरमा तीन विकेट गुमाउँदै २३१ रन बनायो।
आर्मीलाई जित दिलाउन त्रितले सर्वाधिक ११२ रन बनाए। १३९ बल खेलका उनले १४ चौका र क छक्का प्रहार गरे। कप्तान विनोद भण्डारीले २७ र भीम सार्कीले १२ रन बनाउँदा बसिर अहमद ६१ रनमा अविजित रहे।
कोशीका सन्दीप ढुंगाना, भुपाल लुइटेल र प्रकाश कार्कीले समान एक विकेट लिए।
यो नतिजासँगै आर्मीले चार खेलबाट आठ अंक पुर्याएको छ। आर्मीले बागमतीलाई १३४ तथा कर्णालीलाई १२७ रनले पराजित गरेको थियो।
सुदूरपश्चिम प्रदेशमाथि भने आठ विकेटको सहज जित निकाल्यो। कोशी भने जारी प्रतियोगितामा जितविहीन छ। कोशीले लुम्बिनीसँग २६, मधेशसँग १६५ र पुलिससँग १५४ रनको हार बेहोरेको थियो।