पाँचौं खेलमा कोशीले निकाल्यो गण्डकीमाथि जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

आइतबार भएको खेलमा कोशीले गण्डकीमाथि ९ विकेटको शानदार जित निकालेको हो।

गण्डकीले दिएको ३२ रनको सामान्य लक्ष्य कोशीले ८.२ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।

उसका लागि ओपनरद्धय कोशीका लागि साकिब हकले अविजित १६ र चिराग साहले १० रन बनाए।

त्यअघि टस जितेर पहिले ब्याटिङ गरेकाे गण्डकीका लागि कुनै पनि ब्याटरले दोहोरे अंकमा रन बनाउन सकेनन्। उसका चार ब्याटर शून्य रनमा आउट भए।

पीएम कपमा यो स्कोर अहिले सम्मकै पहिलो इनिङमा बनेको सर्वाधिक कम योगफल हो। यसअघि सन् २०१९ को दोस्रो सेमिफाइनलमा नेपाल एपिएफ क्लब नेपाल पुलिस क्लबविरुद्ध ४१ रनमा समेटिएको थियो।

गण्डकीलाई सस्तै रनमा समेटनका लागि कोशीका बीपीन महतो एक्लैले ६ विकेट लिए। फिर्दोस अनसारीको नाममा तीन विकेट रहे।

जितसँगै पाँच खेलबाट काेशीले पहिलाे दुई अंक जाेडेकाे छ भने गण्डकीले चाैथाै खेलमा तेस्राे हार ब्यहाेरेकाे छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको