बागमतीविरुद्ध ११५ मा समेटियो लुम्बिनी

काठमाडौं । प्रधानमन्त्री  कप क्रिकेट प्रतियाेगितामा बागमतीविरुद्ध लुम्बिनी प्रदेश ११५ रनमा समेटिएको छ।

लुम्बिनीले ३१ दशमलव ४ ओभरमा ११५ रन मात्र बनाउँदा सबै विकेट गुमाएको थियो।

लुम्बिनीका लागिआकाश त्रिपाठीले ५३ बलमा ३३ रन, मनिष थापाले ३५ बलमा १५ र कप्तान देव खनालले २७ बलमा १५ रन बनाएका थिए।

दाङको लमहीमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीलाई सस्तैमा समेट्न बागमतीका गौतम केसीले ४ विकेट लिएका थिए। सूर्य तामाङ र इसान पाण्डेले समान २-२ विकेट झारेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको