कर्णालीले एपीएफलाई दियाे १९० रनकाे लक्ष्य

काठमाडौं । कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबलाई मध्यम लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा अलआउट हुँदै १८९ रन बनाएर १९० रनको लक्ष्य दिएको हो। कर्णालीका लागि सुनिल धमलाले सर्वाधिक ४७ रन बनाए।

दिनेश अधिकारीले ३३ रन जोड्दा दिपेन्द्र रावत ३‍० रनमा अविजित रहे। प्रकाश जैसीले २० तथा दिवान पुनले १२ र अर्जुन घर्तीले १० रन बनाए।

एपीएफका अभिषेक गौतमले १० ओभरमा ३३ रन दिएर ४ विकेट लिए। कमलसिंह ऐरीले २ तथा कप्तान रोहित पौडेल, किशोर महतो, भुवन कार्की र दिपक बोहराले १-१ विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको