मधेशमाथि लुम्बिनीले निकाल्याे ८३ रनकाे जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको छ । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो ।

मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । उनले ५९ बलको सामनामा १ चौका प्रहार गरे । हरिशंकर साह ३३ बलमा १४ रनमा आउट भए । मधेशका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि रमेश कुर्मीले ४, विप्रेशन केसीले ३ तथा देव खनाल र अजय चौहानले समान १ विकेट लिए ।

त्यसअघि लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको थियो ।

लुम्बिनीका लागि आकाश त्रिपाटीले सर्वाधिक ७३ रन जोडेका थिए । उनले १ सय २३ बलको सामना गर्दै ६ चौका र १ छक्का प्रहार गरेका थिए । कृष्ण कार्कीले ५३ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३३ रन जोडेका थिए ।

कप्तान देव खनाल १६ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

मधेशका लागि कमल गुप्ता र विशाल पटेलले समान ३ तथा हरिशंकर साह, प्रदिप पासवान र रञ्जित कुमारले समान १ विकेट लिए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको