बागमतीले गण्डकीलाई दियाे २८८ रनकाे लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २८८ रन बनाएको हो ।

इशान पाण्डेले सर्वाधिक ६९ रन बनाए भने बिपिन ६३ रनमा अविजित रहे र  शुभ कंसाकारले ५२ रन बनाए ।

२११ रन बनाउँदा ८ विकेट गुमाएको बागमतीका लागि बिपिनले रिजन ढकालसँग मिलेर अविजित ७८ रनको साझेदारी गर्दै बलियो योगफलमा पुर्‍याएका हुन् ।

विवेक मगरले ३४ रन बनाउँदा रिजन ढकाल २३ रनमा अविजित रहे । गण्डकीका लागि अर्जुन कुमालले ७ ओभरमा ४० रन दिएर ४ विकेट लिए । कप्तान बिपिन खत्री र सुबास भण्डारीले २-२ विकेट लिए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको