कर्णालीद्वारा कोशीलाई २१९ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई २१९ को लक्ष्य दिएको छ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २१८ रन बनाएको हो ।

कर्णालीका लागि अर्जुन घर्तीले अर्धशतकीय पारी खेले । ९५ बलमा ११ चौका र २ छक्का प्रहार गरेका अर्जुन ८८ रनमा अविजित रहे । कर्णालीका लागि हिमान्शु शाहीले ४६ रन बनाए ।

कोशीका लागि विपिन महतोले ३ विकेट लिए । प्रकाश कार्की र दीपेश कँडेलले २–२ विकेट लिए। सुजन थपलिया र सर्वन किस्कुले १–१ विकेट लिए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको