पुलिसलाई गण्डकीले दियाे ९३ रनकाे लक्ष्य

काठमाडाैँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगितामा नेपाल पुलिस क्लबलाई गण्डकी प्रदेशले ९३ रनकाे सामान्य लक्ष्य दिएकाे छ।

टस जितेर पहिले ब्याटिङ गरेकाे गण्डकी पुलिसकाे घातक बलिङ सामू २३.२ अाेभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटियाे।

उसका लागि अर्जुन कुमालले ४८ रन बनाउँदा राेहित चन्द र सुवास भण्डारीले समान १० रन बनाउँदा अन्य रन जाेड्न सकेनन्।

यता, पुलिसका लागि ललित राजवंसीले ५ तथा गुलसन झाले ४ विकेट हात पारे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको