मधेशलाई २१८ रनको लक्ष्य, भीमको अर्धशतक

काठमाडौं । भीम सार्कीको अर्धशतकीय इनिङ्ससँगै विभागीय टोली त्रिभुवन आर्मी क्लवले मधेश प्रदेशलाई २१८ रनको लक्ष्य दिएको छ।

देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो।

आर्मीका लागि भीमले १२६ बलमा ८९ रन बनाएका थिए। सन्तोष कार्कीले ३३, कुशल मल्लले २४, विवेक यादव १६, तितराज दास १४, कप्तान विनोद भण्डारी ११, बसिर अहमद १० रन बनाए।

मधेशका लागि पवन सराफ, कमल गुम्ता र रुपेश सिंहले समान २-२ विकेट लिएका थिए। यता रन्जित कुमारले १ विकेट लिएका थिए। अबको केहीबेरमा खेलको दोस्रो इनिङ्स सुरु हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको