लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई दियाे ११७ रनको लक्ष्य

काठमाडौं । लुम्बिनी प्रदेश जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सामान्य योगफलमा रोकिएको छ ।

एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ११७ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ४४.१ ओभरमा अलआउट हुँदै ११६ रन बनायो ।

कप्तान देव खनालले सर्वाधिक ४१ रन बनाए । प्रज्वल थापाले ३० रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।

सुदूरका हेमन्त धामीले ९ ओभरमा २६ रन दिएर ४ विकेट लिए । सोर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले २-२ विकेट लिए ।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको