प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार दुई खेल हुँदैछन् । बिहीबार ६ खेलसम्म अपराजित रहेको नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच भैरहवा मैदानमा प्रतिस्पर्धा हुँदैछ । अर्को खेलमा भने लुम्बिनी र कर्णाली प्रदेशले सिद्धार्थनगरमा प्रतिस्पर्धा गर्दैछन् । दुईवटै खेल बिहान ९ बजे सुरु हुने छन्।

नेपाल पुलिस क्लबले ६ खेलसम्म अपराजित यात्रा कायम राखेको छ । बिहीबारको खेल सातौं हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको पुलिसले पहिलो खेलमा लुम्बिनीलाई ८७ रन, दोस्रो खेलमा कोशी प्रदेशलाई १५४ रन, तेस्रो खेलमा एपिएफ क्लबलाई २ विकेट, चौथो खेलमा मधेशलाई १९३ रन, पाँचौ खेलमा सुदूरपश्चिम प्रदेशलाई ६१ र छैटौं खेलमा गण्डकीलाई सात विकेटले हराएको छ । पुलिसले ६ खेलबाट १२ अंक जोडेको छ । बागमती भने पाँच खेलमा तीन खेल गुमाएर चार अंकसहित सातौं स्थानमा छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको