काठमाडौं । कर्णाली प्रदेशले लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेशमाथि ८१ रनकाे ऐतिहासिक जित हासिल गरेको छ।
एक्स्ट्रा टेक ओभलमा शुक्रबार कर्णालीले मधेशविरुद्ध पीएम कपमा निकालेकाे याे इतिहासकै पहिलो जित हो। जितसँगै कर्णालीले शीर्ष ४ को सम्भावना बलियाे बनाएकाे छ। कर्णालीले दिएको २२१ रनको लक्ष्य पछ्याएको मधेश ३५=२ ओभरमा सबै विकेट गुमाएर १३९ रनमा समेटियो।
मधेशका लागि रुपेश सिंहले सर्वाधिक ३० रन जोडे। विशाल पटेल २५, हरिशंकर साह १८ तथा ओपनर सैलेन्द्र साह १० रनमा आउट भए।
कर्णालीका लागि दिनेश अधिकारीले ४, दीपेन्द्र रावतले ३ तथा प्रकास जैसीले २ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गर्दै ४९.१ ओभरमा २२० रनको बनाएको थियो।