बुटवललाई चितवनको चुनौती

काठमाडौं। पहिलो जितको खोजीमा रहेको बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनलाई चुनौती प्रस्तुत गर्दैछ।

यी दुई टाेलीबीचकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ६ बजे हुनेछ। चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० ले हराउँदै सानदार सुरुआत गरेको थियो।

अघिल्ला दुबै खेलमा पराजित भएको चितवनले तेस्रो संस्करणमा पुगेर पोखरामाथि जित निकाल्न सफल भएको हो। त्यसैले चितवन यही लय दोहोर्‍याउने लक्ष्यसहित शुक्रबार बुटवल लुम्बिनीविरुद्ध मैदान उत्रिने छ। तर, चितवनले झैं बुटवलले दुई खेल खेलिसक्दा पनि यस सिजन जितकाे नतिजा हात पार्न सकेको छैन।

पहिलो खेलमा गोलकिपर दीप कार्की नायक बन्दा बुटवल लुम्बिनीले झापा एफसीलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, दोस्रो खेलसम्म कायम रहन सकेन।

अहमद हिजाजीको दुई गोलसँगै धनगढी एफसीले बुटवल लुम्बिनीलाई ३–१ ले निराश बनाएको थियो। त्यसैले चार खेल खेल्न बाँकी रहेको बुटवल लुम्बिनीलाई अबका सबै खेल जित्नै पर्ने दबाब छ।

यस खेलमा चितवनले पहिलो खेलकै लय दोहोर्‍याएमा ६ अंकसहित शीर्ष स्थानमा उक्लिनेछ। पराजित भए बुटवल लुम्बिनीलाई चार अंक पुर्‍याउने मौका हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको