टी-२०आईमा दीपेन्द्रले बनाए विश्व कीर्तिमान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईसीसीको टी–२० क्रिकेटमा फेरि अर्को विश्व कीर्तिमान बनाएका छन् ।
हङकङमा जारी चार देशीय टी–२० आई श्रृंखलामा कुवेतविरुद्ध उनले सबैभन्दा धेरै इनिङ शून्यमा आउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

योसँगै उनले लगातार ६६ वटा टी–२० आईमा डगआउट भएका छैनन् । यसअघि यो रेकर्ड वेष्टइन्डजका मार्लोन नथालिएल स्यामुएल्सको नाममा थियो । उनी लगातार ६५ खेलमा डगआउट भएका छैनन् ।

आजको खेलमा उनले मात्र १२ बलमा ३१ रन बनाउँदै नेपालको जीत पक्का गरेका थिए । उनीपछि आएका गुल्शन झाले १९ औं ओभरको चौथो र पाँचौं खेलमा लगातार दुई चौका प्रहार गर्दै जित दिलाएका थिए ।

सबैभन्दा कम बलमा अर्धशतक बनाउने रेकर्ड पनि दीपेन्द्रकै नाममा छ । उनले मात्र ९ बलमा मंगोलियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । उनको यो रेकर्ड भने बराबरी मात्र गर्न सकिन्छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको