काठमाडाैँ । मन्डिखाटार दोस्रो एमेच्योर टेनिस प्रतियोगिता सम्पन्न भएको छ।
मन्डिखाटार टेनिस कोर्टमा शनिबार भएका फाइनल इभेन्टमा ६५ वर्ष माथिको सिंगल्समा कमल थापाले वाजी मारेका छन्। उनले कर्मा घलेलाई ६–०, ६–० को स्कोरमा पराजित गर्दै उपाधि जितेका हुन्।
यसैगरी ५५ वर्ष माथिको सिंगल्समा विमल वाइबाले उपाधि जिते। उनले मनोज बिक्रम शाहलाई ६–२, ६–३ को स्कोरमा पराजित गरे। यस्तै, ४५ वर्ष माथिको सिंगल्सको फाइनलमा देव क्षेत्रीले सूर्य गिरीलाई ६–२, ६–३ को स्कोरमा पराजित गर्दै उपाधि हात पारे। यस्तै, ३५ वर्ष माथिको सिंगल्समा भिष्म जंग गुरुङले उपाधि जितेका छन्। उनले सिमान्त गुरुङलाई ६–४, ६–२ को स्कोरमा पराजित गर्दै उपाधि जितेका हुन्।
यसैगरी ५५ बर्ष माथिको डबल्समा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले उपाधि जितेको छ। घिमिरे र विष्टको जोडीले मनोज बिक्रम शाह र सञ्जीव कुमार श्रेष्ठको जोडीलाई ६–३, ६–४ को स्कोरमा पराजित गरेको हो। एक सातासम्म चलेको प्रतियोगितामा १२० खेलाडीले विभिन्न उमेर समूहमा प्रतिस्प्र्धा गरेको आयोजक मन्डिखाटार टेनिस क्लबका अध्यक्ष नबराज कुँवरले जानकारी दिए।


