कुवेतविरुद्ध नेपालले रोज्यो फिल्डिङ

काठमाडौं । चार देशीय टी२० शृंखलामा नेपालले कुवेतविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।

हङकङको मङककमा हुनलागेको खेलमा कुवेतले पहिले ब्याटिङ गर्ने भएको हो।

आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी प्रतियोगितामा नेपालले २ जित निकाल्दा १ खेल नतिजाविहीन भएको थियो। कुवेतले २ जित निकाल्दा नेपालसँग पराजित भयो।

पहिलो खेलमा कतार तथा दोस्रो खेलमा कुवेतलाई हराएको नेपालले शनिबार हङकङसँग खेल्दै गर्दा वर्षाले खेल रोकिएपछि त्यसपछि सुरु हुन सकेन र दुवै टोलीले अंक बाँड्दा नेपालको ३ खेलमा ५ अंक भयो र चार टिममा शीर्षमा रह्यो। हङकङ र कतारलाई हराएको कुवेत ४ अंकसहित दोस्रो हुँदा आयोजक हङकङ भने ३ अंकमै सीमित रहेर फाइनल पुग्न सकेन।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको