उपाधि जित्न नेपाललाई कुवेतले दियाे १७५ रनको लक्ष्य

काठमाडौं। रवीजा सन्दारुवानको सानदार अर्धशतकसँगै कुवेतले नेपाललाई चारदेशिय टी–२० सिरिज जित्न १७५ रनको मध्यम लक्ष्य दिएको छ।

मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रनको योगफल तयार गरेको हो।

कुवेतका ओपनर रवीजाले सर्वाधिक ६३ रन बनाए। ३६ बल खेलेका उनले ६ चौका र चार छक्का प्रहार गरे।

यस्तै, क्लिन्टो एन्टोले २४ बलमा एक चौका र तीन छक्कासहित २६ रन बनाए। यी दुईबीच पहिलो विकेटका लागि ४९ रनको साझेदारी भएको थियो। यस्तै, मिट भावसार १६ र उस्मान पटेल २३ रनमा आउट हुँदा क्तान मोहम्मद अस्लाम १३ रनमा अविजित रहे।

कुवेतका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका नन्दन यादव र सोमपाल कामीको नाममा समान दुई विकेट रह्यो। करण केसी र कुशल भुर्तेलले समान एक विकेट आफ्नो नाममा लेखाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको