राष्ट्रिय उसु निर्णायक तथा डिप्लोमा कोर्ष सम्पन्न


काठमाडौं। नेपाल उसु महासंघको आयोजनामा सातौं राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्ष सोमबार सम्पन्न भएको छ।

सहभागीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, आयोजक महासंघका महासचिव नवराज ढुंगानालगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे।

त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको साताव्यापी निर्णायक कोर्षमा ५२ तथा डिप्लोमा कोर्षमा ४२ जना सहभागी थिए। उनीहरुलाई गणेश अर्याल, उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामा, विशाल सिन्जाली, रोशन बुढाथोकी, युगबहादुर तामाङ, सैलेन्द्र श्रेष्ठ, तुलसीनन्द वज्राचार्य, प्रकाश महर्जन र गोपाल श्रेष्ठले प्रशिक्षण दिएका थिए।

त्यस्तै चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छ्वानले पनि सहभागीलाई प्रशिक्षण दिएको आयोजक महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन्। लिन स्वदेश फर्किसकेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको