काठमाडौं। सुर्खेत जिल्ला अध्यक्ष रवीन्द्र चन्दविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ। जिल्ला फुटबल संघको मंगलबार विशेष साधारणसभाले अविश्वासको प्रस्ताव पारित गरेको हो।
योसँगै उनी पदमुक्त भएका छन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न साधारणसभामा १२ क्लबका प्रतिनिधिहरूको सर्वसम्मत (१२–० मत) निर्णयपछि चन्दलाई पदमुक्त गरिएको हो। योसँगै दिलीप बस्याल नयाँ अध्यक्षमा निर्वाचित भएका छन्।
साधारणसभामा एन्फाका कार्यसमिति सदस्यद्वय अनिल मल्ल र भरत बुद्ध थापा पनि उपस्थित थिए।
रवीन्द्रको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै १४ वटा क्लबहरूले गत पुस १ गते (डिसेम्बर १६) अविश्वास प्रस्ताव दर्ता गराएका थिए। त्योसँगै साधारणसभा आह्वान गर्न अनुरोध गरिएको थियो।


