स्किब्स कप बास्केटबल शनिबारदेखि, ७५ टिमको सहभागिता

काठमाडौं। श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

प्रतियोगितामा विभिन्न ४ विधामा ४४ विद्यालयका ७५ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर ब्वाइजमा ३२, सिनियर गल्र्समा १६, जुनियर ब्वाइजमा २३ र स्टाफमा ४ टिमले भाग लिने छन्।

सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजको खेल लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइने छ। स्टाफको खेल राउन्ड रोविन लिग पद्धतिमा हुनेछ। लिगमै हासिल गरेको अंकका आधारमा विजेताको चयन गरिने छ। विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। बाँकी तीन विधामा नगद पुरस्कार राखिएको छैन।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने स्किब्सका को–ओर्डिनेटर एवं इसीए इन्चार्ज सागर शर्माले जानकारी गराए। दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजकको कोर्टमा खेलाइनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको