टेनिस टोली श्रीलंका जाने


काठमाडाैँ। आईटीएफ एसिया यु–१२ टिम च्याम्पियनसिप (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली शनिबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएको छ।

पुरुषमा विश्वविशेष डल्लाकोटी, अर्यासराज पौडेल र आरित मल्ल तथा महिलामा सरा पन्त र थिअ श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य छन्। मे २६ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, भुटान, बंगलादेश र पाकिस्तान सहभागी हुने छन्। टिममा सहभागी राष्ट्रले २ सिंगल्स र १ डबल्स खेल्नु पर्ने छ।

पुरुष÷महिला दुवैमा शीर्ष २ स्थानमा रहने राष्ट्रले काजाकिस्तानमा सेप्टेम्बरमा हुने फाइनल चरणको प्रतियोगितामा सहभागिताको अवसर पाउने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुललगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको