मनास्लु र वारियर्सलाई उपाधि


काठमाडाैँ। मनास्लु र वारियर्सले प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको आइतबार जितेका  छन्। मनास्लु ब्वाइज तथा वारियर्स गल्र्समा च्याम्पियन बने।

मनमैजुस्थित आयोजक लालीगुराँस नेसनल एकेडेमी (एलएनए) मा भएको ब्वाइज फाइनलमा मनास्लुले एनएनएलाई २१–१७ ले पराजित ग¥यो। गल्र्सको उपाधि भिडन्तमा वारियर्सले एनसीसीएसलाई १९–१६ ले हरायो। ब्वाइजमा मनास्लुका अविश्न चालिसे तथा गल्र्समा वारियर्सकी प्रकृति खड्का ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

दुवै समूहको विजेताले ८ हजार तथा उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गरे। त्यस्तै विजेता र उपविजेता टोलीका प्रत्येक खेलाडीलाई प्लस २ अध्ययन गर्न क्रमशः ७० र ५० प्रतिशत छात्रवृत्ति पनि प्रदान गरिएको एलएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन्।

विजेतालाई तार्केश्वर नगरपालिका वडा १० का सदस्य विक्रम महर्जन, एलएनएका प्रिन्सिपल एवं तार्केश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको