काठमाडौं। दोस्रो संस्करणका नेपाल प्रिमियर लिग (एनपिएल) का लागि कर्णाली याक्सले गुल्शनकुमार झा र बलर नन्दन यादवसहित ६ खेलाडी रिटेन गरेको छ।
मंगलबार टाेलीले गुल्शन र नन्दनसँगै विपिन शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिसविक्रम ठकुरीलाई रिटेन गरे हाे।
गुल्शन र नन्दनले हालै नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै स्कटल्यान्डमा भएको आइसिसी पुरुष विश्वकप लिग-२ खेलेका थिए। यस्तै, कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट उदाएका विपिन पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)कै उदयीमान खेलाडी घोषित भएका थिए। विपिन अहिले नेपाल यु-१६ टिमको कप्तान हुन्।
कर्णाली याक्सले सोमबार नै मार्कीमा अलराउन्डर सोमपाल कामीलाई निरन्तरता दिने निर्णय गरिसकेको छ।


