बार्सिलोनाको गोल वर्षा, न्युक्यासलमाथि ७–२ को शानदार जित


काठमाडौं। युइएफ च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले न्युक्यासल युनाइटेडमाथि ७–२ को प्रभावशाली जित दर्ता गरेको छ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको बार्सिलोनाले छैटौँ मिनेटमा राफिन्हाको गोलमार्फत अग्रता लिएको थियो। तर, १५औँ मिनेटमा एन्थोनी एलाङ्गाले बराबरी गोल फर्काए।

१८औँ मिनेटमा मार्क बेर्नालले बार्सिलोनालाई पुनः अग्रता दिलाए पनि २८औँ मिनेटमा एलाङ्गाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।

पहिलो हाफको इन्जुरी समयमा लामिन यामालले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए।

दोस्रो हाफमा भने बार्सिलोनाले एकतर्फी दबाब सिर्जना गर्‍यो। ५१औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै अग्रता फराकिलो बनाए। त्यसपछि रोबर्ट लेवान्डोव्स्कीले ५६ र ६१औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई ६–२ को स्थितिमा पुर्‍याए।

७२औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको गोल संख्या ७ पुर्‍याए। यस शानदार जितसँगै बार्सिलोनाले समग्रमा ८-३ को नतिजा अन्तिम आठमा प्रवेश गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको