श्रीलंकाविरुद्ध नेपालको सुरुआती–११ सार्वजनिक, सरुको स्थानमा प्रीतिलाई मौका


काठमाडौँ। एएफसी महिला एसिया कप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले श्रींलकाको सामना गर्दैछ।

जसको लागि नेपालले आफ्नो सुरुआती–११ सार्वजनिक गरेको छ।

श्रील‍ंकाविरुद्ध नेपालले आज सरु लिम्बूकाे स्थानमा प्रीति राईलाई स्थान थिएकाे हाे। यस्तै, मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले नियमित गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बालाई लगातार दोस्रो खेलमा आराम दिँदा अञ्जना रानामगरलाई गोलपोस्टको जिम्मेवारी दिएका छन्।

यसअघि समूह ‘एफ’को पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको थियो।

यस्तै सावित्रा भण्डारीको कप्तानीमा नेपाल लगातार दोस्रो खेलमा ३–२–३–२ शैलीमा मैदान उत्रिँदैछ। खेल उज्वेस्तिानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा नेपाली समयअनुसार अहिले ६ः१५ बजे हुनेछ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको