काठमाडौं। आयोजक काठमाडौं जेभियर्स पब्लिक स्कुल र हिमाली दोश्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर्स गल्र्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
सिनियर गल्र्समै बौद्ध चिल्ड्रेन हेभन, काठमाडौं शिक्षालय, पाठशाला, डेफोडिल पब्लिक स्कुल, क्यान्भास बसन्त ऋतु र केएमसीले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।
नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित आयोजकको कोर्टमा भएको प्रतियोगिताको सिनियर ब्वाइजमा हेम्स ‘ए’ र ‘बी’, पाठशाला, फ्लोरिडा ‘ए’ र ‘बी’, चैतन्य, काठमाडौं जेभियर्स, ज्ञान निकेतन, भ्याली भ्यु, सनसाइन, विल्सन एकेडेमी ‘ए’ र ‘बी’, डेफोडिल, इनोभेटिभ, माइलस्टोन र स्पाङ्गेलले प्रिक्वाटरफाइनलमा स्थान बनाए।
जुनियर ब्वाइजमा काठमाडौं शिक्षालय, ज्ञान निकेतन, केएमसी, ग्रिनलन्स, फ्लोरिडा, केइएस, काठमाडौं जेभियर्स, अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए), केसीसी, स्पा्ङगेल र ग्रिनलन्सले प्रिक्वाटरफाइनल यात्रा तय गरे।
प्रतियोगिताको काठमाडौं जेभियर्सका संस्थापक प्रिन्सिपल एवं काठमाडौं प्याब्सनका उपाध्यक्ष आरबी अधिकारी, काठमाडौं प्याब्सनका सह–सचिव दिनेश पाण्डे र काठमाडौं महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐरले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे।
प्रतियोगिताको सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान २४–२४ तथा सिनियर गल्र्समा १६ गरी ६४ टिम सहभागी छन्। दुवै समूहको विजेताले ७ हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन्। फाइनल बिहीबार हुनेछ।


