नेपाली राष्ट्रिय क्रिकेट टोलीले बैंगलुरुमा प्रशिक्षण गर्ने


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाउने भएको छ।

क्यानले भारतीय क्रिकेट कन्ट्रोल बोर्डको सहयोगमा भारतको बैंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा जुलाई २१ देखि अगस्ट ३ सम्म सञ्चालन हुने दोश्रो चरणको बन्द प्रशिक्षणमा २० खेलाडीलाई पठाउने भएको हो।

क्यानले बाँकी खेलादीहरुको बन्द प्रशिक्षण शिविर नेपालमानै नियमित संचालनमा रहने जनाएको छ।

प्रशिक्षणका लागि भारत जाने खेलाडीहरु
कप्तान, रोहितकुमार पौडेल, लोकेश बम, आरिफ शेख, रुपेश कुमार सिंह, प्रतिश जिसी, साहब आलम, आकाश चन्द, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, अनिल कुमार साह, भिम सार्की, कुशल मल्ल, विवेक कुमार यादव, रिजन ढकाल, युवराज खत्री, सागर ढकाल, नन्दन यादव, सन्दिप जोरा र शुभ कंसाकार रहेका छन्।

आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने पुरुष टी-२० विश्वकपको एशिया र इष्ट एशिया प्यासिफिक छनाेटमा नेपाल समुह बी मा परेको छ। समुह विभाजनमा नेपालको समुहमा जापान र कुवेत रहेका छन्।

९ देशले खेल्ने छनौट खेलमा हरेक समुहका शीर्ष दुई देश सुपर सिक्समा छनौट हुने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको