हेल्प नेपाल किर्गिस्तान बिश्केकसँग पाँचौँ सेटमा पराजित


काठमाडौं। बिस्केक कीर्गिस्तानले काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौँ सेटमा पराजित गरेकाे छ।

शनिबार भएको तेस्रो खेलमा हेल्प नेपाल ३–२ को सेटमा पराजित भएको हो। हेल्प नेपालले पहिलो खेलमा माल्दिभ्सको क्लब धिवेही सिफाइन्गे क्लबलाई ३–२ को कठिन सेटमा पराजित गरेको थियो।

दोस्रो खेलमा पनि माल्दिभ्सकै क्लब एचडिसीलाई ३–१ सेटमा पराजित गरेको थियो। तर, त्यो लयलाई तेस्रो खेलमा कायम राख्न सकेन।

सुरुआतदेखि नै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा हेल्प नेपालले पुनरामन गरेको थियो। तर, बिस्केकले सानदार खेल प्रदर्शन गर्‍यो।

पहिलो सेट हेल्प नेपालले २५–२० ले गुमाएको थियो। दोस्रो सेट हेल्प नेपालले २८–२६ ले जित्यो।

तेस्रो सेटमा भने पुन: कमजोर प्रदर्शन गर्दा २५–२० ले पराजित हुन पुग्यो। चौथो सेटमा भने बिस्केकलाई २५–१७ ले सहजै पाखा लगायो। पाँचौं तथा अन्तिम सेटमा हेल्प नेपाल १५–११ ले पराजित भयाे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको