सरिना युकेमा सम्मानित


काठमाडाैँ। अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई धादिङ–नुवाकोट समाज युकले सम्मान गरेको छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको प्रतिष्ठा र गौरव बढाएकोमा सरिनालाई सम्मान गरिएको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन्।

सरिनालाई बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामा र समाजका अध्यक्ष धनबहादुर तामाङले एनुएल समर गेट टुगेडर कार्यक्रममा प्रशंसा पत्रसहित सम्मान गरे।

सरिनाले युकेमा भएको २ प्रतियोगितामा स्वर्ण जितेकी थिइन्। सरिनाले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिप तथा डब्लुएमएसी इङलिस च्याम्पियनसिपमा स्वर्ण जितेकी हुन्।

यसअघि सरिनालाई सोही सफलताको करद गर्दै तमु धि समाज युके र मगर एसोसिएसन युकेले पनि सम्मान गरेको थियो।

नुवाकोट किस्पाङ गाउँपालिका १ की सरिना युकैमै मास्टर्स अध्ययन गरिरहेकी छन्। तेश्रो डान सरिनाले युकैमै सेप्टेम्बर १८ देखि २१ तारिखसम्म हुने डब्लुएमएसी इलाइट वल्र्ड च्याम्पियनसिपमा सहभागिता जनाउने तयारी गरिरहेको अध्यक्ष राईले जानकारी गराए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको