काठमाडौं। नेपाली राष्ट्रिय टाेलीका विंगर आयुष घलानले बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्।
उनलाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो। २१ वर्षीय घलानको यो पहिलो विदेशी क्लब हो। यसअघि उनले ए डिभिजन लिग क्लब थ्री स्टार, संकटा, मच्छिन्द्र र चर्च ब्वाइज युनाइटेडबाट खेलिसकेका छन्।
यस्तै, नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट पनि खेलेका छन्। यसअघि नेपाली राष्ट्रिय टिमका डिफेन्डर अभिषेक लिम्बूलाई रहमतगञ्ज एमएफएसले अनुबन्ध गरिसकेको छ।


