काठमाडाैँ। नेपाल बक्सिङ महासंघले एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेतासहितको टोली मंगलबार स्वागत गरेको छ।
नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभागका प्रमुख विष्णुबहादुर सिंह, महासंघका पदाधिकारीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
थाइल्यान्डको बैंककमा अगष्ट १ देखि ११ तारिखसम्म भएको प्रतियोगिताको यु–२२ उमेरसमूहको पुरुष ५० केजी तौलसमूहमा अर्पिल रानाले कांस्य पदक जितेको बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन्।


