भिल्ला र न्युक्यासल गाेलरहित बराबरीमा


काठमाडाैँ। इङ्लिस प्रिमियर लिगको नयाँ सिजन २०२५-२६ काे दाेस्राे खेल गाेलरहित बराबरीमा सकिएकाे छ।

भिल्लाकाे घरेलु मैदान भिल्ला पार्कमा शनिबार सम्पन्न दिनकाे पहिलाे खेलमा एस्टन भिल्ला र न्युक्यासल यूनाइटेड गाेलरहित बराबरीमा राेकिएका हुन्।

खेलकाे ६६औँ मिनेटमा भिल्ला १० खेलाडीमा सिमित बनेकाे थियाे। भिल्लाका काेन्साले राताे कार्ड पाएपछि बाँकी समय १० खेलाडीमा सिमित बनेकाे हाे।

खेलमा ५९ प्रतिशत भन्दा बढि बल आफ्नाे पक्षमा पारेकाे न्युक्यालले खेलमा निकै दबाब सिर्जना गरेकाे थियाे।

याे नतिजासँगै दुवै टाेलीले पहिलाे खेलबाट एक एक अंक जाेडेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको